अर्जुनधाराका मेयरले ४९२ जना अपाङ्ग भएका व्यक्तिहरुको स्वास्थ्य विमा गरिदिने

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकाभित्रका ४ सय ९२ जना निलो परिचयपत्रवाहक अपाङ्गता भएका नागरिकको स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभएको छ । नगरपालिकामा सोमवार आयोजित अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमअन्तर्गतको पालिका स्तरीय अर्धवार्षिक समीक्षा कार्यक्रममा नगरप्रमुख गोम्देनले रातो परिचयपत्र भएका अपाङ्गता भएका व्यक्तिलाई राज्यले निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध…