अभद्र व्यवहार कसुरमा गौरीगञ्जका एक वडा सदस्य पक्राउ

बिर्तामोड । अभद्र व्यवहार गरेको आरोपमा गौरीगञ्ज गाउँपालिका–६ का एक वडा सदस्य पक्राउ परेका छन् । प्रहरीका अनुसार चैत ६ गते बिहान ११ बजे वडा कार्यालयमा मादक पदार्थ सेवन गरी आएका वडा सदस्य ३२ वर्षीय नितेश कुमार साहले वडा अध्यक्ष बद्री नारायण यादव लगायत कार्यालयमा कार्यरत कर्मचारीहरूलाई गालीगलौज तथा धाकधम्की दिएका थिए । घटनापछि पीडित…