काठमाडौं । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । तीन प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन÷चट्याङसहित हल्का पानी परिरहेको छ,” महाशाखाले भनेको छ । पानी पार्ने यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ । “आवश्यक सतर्कता अपनाउनुहोला,”…