मेचीनगर - नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसका अवसरमा झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर— ६ काँकरभिट्टामा रहेको विपी पुष्पलाल बाटिका तथा शहिद स्मृति प्रतिष्ठानमा रहेको उहाँको पूर्णकदको शालिकमा माल्यर्पण गरी कार्यक्रम शुरु भएको थियो । १५ असार १९८१ मा पूर्व २ नं. रामेछाप जिल्लाको भँगेरीमा पिता…