मानेभञ्ज्याङ । सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो । पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको छ । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो ।…