काठमाडौं । नेकपा एमालेले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीको जवाफ मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदबाट करका दरको विषयमा उठेको प्रश्नमा चित्तबुझ्दो जवाफ दिन माग गरे । उनले भने, ‘हामी सुशासनको पक्षमा छौं । यसको विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुप¥यो । होइन भने संसदीय छानबिन समिति बनाएर छानबिन…