केही समय संस्थागत विद्यालयमा शिक्षण गरेकी वेदकुमारी लुइँटेलले लामो समय कस्मेस्टिक पसल पनि सञ्चालन गरेकी थिइन् । काठमाडौंमा बसेर शिक्षण र व्यापार गरिरहेकी उनी बुधबारेको आफ्नो जमिन बाँझै रहेको देख्दा चिन्तित हुन्थिन् । गाउँमा जमिनलाई बाँझै राखेर काठमाडौंमा साग, सब्जी र अन्न किनेर खाइराख्न उनलाई खासै मन लागेन । सरकारी विद्यालयमा स्थायी शिक्षक रहेका श्रीमानलाईसमेत…