आजदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

झापा- सरकारले आजदेखि १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो। झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीका स्थानीयलाई आम औषधि सेवन कार्यक्रममार्फत औषधि…