झापा । झापाको सामुदायिक विद्यालयहरुमा एक दर्जनभन्दा बढी समस्याहरु औल्याइएको छ । जसका कारण सामुदायिक विधालयहरुबाट अपेक्षाकृत परिणाम प्राप्त हुन नसकिरहेको एक अध्ययनले देखाएको छ । धेरै समस्याहरुमध्ये शिक्षकहरुको राजनीतिक सक्रियताले पठनपाठन प्रभावित भएको प्रतिवेदन नै सार्वजनिक भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र विराट सामुदायिक अध्ययन केन्द्रले सार्वजनिक गरेको शैक्षिक गुणस्तर अभिवृद्धिमा…