झापा । देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ । महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने…