चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

विराटनगर । विराटनगर र आसपास मङ्सिर सुरु भएयता बिहानपख चिसो ह्वात्तै बढेर गएको छ । चिसो मौसममा कतिपय व्यक्ति न्यानो सिरक छाड्न मान्दैनन् । अबेरसम्म सुत्ने र उठेपछि चिया वा कफीको चुस्कीको साथमा पत्रिका पढ्ने इच्छा हुन्छ । तर आफ्नो शरीरको स्वास्थ्यप्रति सजग र सतर्क व्यक्ति पनि छन् जो एकाबिहानै मर्निङ वाकमा निस्कने गरेका छन्…