मेचीनगर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । उनी तेस्रो पटकमा सांसद बनेका छन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत…