पाँचथर : एमालेका नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको थियो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र…