बिर्तामोड । झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज निर्माण गरिएको छ भने रंगशाला घेराबाराको काम सम्पन्न भएको छ । झापा फुटबल क्लबको आयोजनामा कात्तिक ४ र ५ गते दुई दिन हुने झापा उत्सव…