काठमाडौँ - तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २०० संस्थाबाट ६०० सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहेको आयोजक स्वाबलम्वन विकास केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले सम्मेलनमा ७७ जिल्लामा लघुवित्त सेवा प्रदान गरिरहेका ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाको सहभागिता…