म्यादी बन्न झापामा ८ हजारको आवेदन

बिर्तामोड । झापामा माग संख्याभन्दा तीन गुणा बढीले म्यादी प्रहरीका लागि आवेदन फारम भरेका छन् । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म खुलाएको म्यादी प्रहरी भर्नामा झापामा ८ हजार ४३९ जनाले आवेदन फारम भरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए…