भोल्टेज उतारचढावबाट हुने क्षति रोक्न बिर्तामोड एमालेको ध्यानाकर्षण

बिर्तामोड । बिर्तामोडमा देखिएको अनियमित विद्युत कटौती र लामो समयदेखिको लोडसेडिङ तथा भोल्टेज उतारचढावको समस्याप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी बिर्तामोडले नेपाल विद्युत् प्राधिकरण, अनारमनी वितरण केन्द्रको गम्भीर ध्यानाकर्षण गराएको छ । आज विहान एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईको नेतृत्वमा पुगेको टोलीले केन्द्रका प्रमुख राजमणी बजगाईलाई ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधान गर्न आग्रह गरेका…