भीषण वर्षाको जोखिम : पाँचथरका विद्यालय दुई दिन बन्द

फिदिम, ८ असोज । लगातारको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पाँचथरका सबै शैक्षिक संस्था दुई दिनका लागि आकस्मिक बन्द गरिएका छन्। मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा उच्च वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरको निर्देशन अनुसार असोज ८ र ९ गते विद्यालयहरू बन्द गरिएका हुन्। प्रमुख जिल्ला…