भारतीय ट्रक आगजनीमा संलग्न प्रसाईका ७ कार्यकर्ता पक्राउ

बिर्तामोड । झापा प्रहरीले दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका ७ जना कार्यकर्ताहरुलाई पक्राउ गरको छ । ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गत आइतवार र सोमवार भारतीय ट्रकमा आगजनी, बिर्तामोड २ चारपानेस्थित पूर्व पश्चिम राजमार्गमा पेट्रोल छर्केर आगजनीको प्रयास गर्ने गतिविधिहरुमा संलग्न रहेको आशंकामा पक्राउ गरेको हो ।…