झापामा काफ्ले परिवारको जनगणना गरिँदै

झापा । बन्धु हित तथा उत्थानका लागि स्थापित काफ्ले समाज झापाले जिल्लाभर छरिएर बसोबास गर्ने काफ्ले परिवारको जनगणना गर्ने भएको छ । समाजको भाद्र १ गते सम्पन्न बैठकको निर्णयानुसार जनगणना तथा पारिवारिक विवरण संकलनका लागि फारम तथा घरधुरी सर्वेक्षण पहिचान गर्ने स्टिकर तयार भइसकेकोले अब जनगणना कार्य सुरु गर्न लागिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको…