फ्रुट एग्रो प्रोडक्टद्वारा किसानहरुको माग सुनवाई

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका –५ कञ्चनबारीस्थित फ्रुट एग्रो प्रोडक्ट प्रालिले कच्चापदार्थ उत्पादन गर्दा प्रयोगपछि निस्कासन गरिएको दूषित पानीलाई व्यवस्थित गरेको छ । आधुनिक डिप बोरिङ फिल्टर प्रविधिबाट शुद्धीकरण गरी फ्याक्ट्री परिसरभित्रै जमिन मुनी व्यवस्थापन गरिएको हो । फ्याक्ट्रीले कच्चापदार्थ उत्पादनमा पानी प्रयोग गरि सकेर पैनीमा निकास गर्दै आएको हुँदा विषादीयुक्त दूषित पानीलाई तत्काल…