कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो । यही साउन १४ गते विद्युत् महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै मादी नगरपालिका(४ ओखरबोटका लक्ष्मण लिङ्थेप र…