मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ । आर्थिक वर्ष २०८०-०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रिया बमोजिम बिल स्वीकृत भए तापनि अन्तिममा आएर लेखा शाखाले चेक नबनाएर अकारण भुक्तानी रोकेको हो । नगरपालिकाले यसपटक पेश भएका शतप्रतिशत बिलको भुक्तानी दिनेगरी पर्याप्त बजेटको व्यवस्था मिलाएको जनाएको थियो…