काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ। शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो। सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल…