बिर्तामोड । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड विरुद्ध कनकाईका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीमाथि बैंकको सुरुङा शाखाले ज्यादती गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । कनकाईका होटल व्यवसायी प्रकाश श्रेष्ठको २ करोडको जग्गा लिलाम गर्ने सूचना प्रकाशन गरेसँगै अन्य व्यवसायीहरु समेत आन्दोलनमा उत्रिएका छन् । आइतवार बैंकका प्रतिनिधिहरुसँग छलफल गर्न समय तोकिएको थियो, स्थानीय भन्छन्…