काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सत्तारुढ दलसँग छलफल नै नगरी बजेट ल्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलको नेता समेत रहेका ओलीले बजेटबारेमा पर्याप्त परामर्श नहुँदा धेरै कुरा छुटेका बताए । ‘यो बजेट परामर्श गरेर , सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए…