कविता पौड्याल भाद्र महिनाको शुक्लपक्षको तृतिया तिथीका दिन हरितालिका तीज मनाईने गरिन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुल्क तृतियाका दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसंग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरुले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । हिन्दु समाजमा परापुर्वकालदेखि नै एक महत्वपुर्ण पर्वको रुपमा यस हरितालिका तीजलाई लिने गरेको पाईन्छ…