ज्ञानदिल दासलाई नियाल्दा

"यो रुम्जाटारको कोदोको पिठो निर्मलको दाउन, धर्म र कर्म गुरुङले गर्‍यो छक्पर्यो बाहुन।" — सन्त कवि ज्ञानदिल दास। "सन्त ज्ञानदिल दास जो इलाममा जन्मेर सर्वत्र उदाए।" — प्रा. डा. नोवलकिशोर राई नेपाली साहित्य, अध्यात्म र सामाजिक चेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका सन्त कवि ज्ञानदिल दास इलामको माटोबाट उदाएका बहुआयामिक व्यक्तित्व हुन्। जोसमनी सम्प्रदायका प्रमुख प्रचारकका…