बिर्तामोड । झापा बिर्तामोडका अग्रज व्यक्तित्व एवम् राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले व्यावसायीको हकहित र व्यवसायको स्थायित्वका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई निर्वाचित गराउन आग्रह गरेका छन् । उनले परिवर्तनका लागि स्वतन्त्र प्यानल निर्वाचनको मैदानमा आएको बताए । फागुन १४ गते हुन गइरहेको बिर्तामोड वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलको जीत अनिवार्य भएको उनको भनाई छ…