रोङमा बिहीवारदेखि वेपत्ता बालकको खोजी गर्न २५ प्रहरी परिचालन

बिर्तामोड । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको सम्बन्धमा हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश जवेगुले जानकारी दिनुभयो । डिएसपी प्रकाश जवेगुले भन्नुभयो,–“बालकको खोजी कार्यमा…