झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।…