फाइटरले कमायाे दाेस्राे दिनसम्ममा ६१ कराेड

मुम्बइ, १३ माघ । ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ। यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ। फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ गरेको थियो…