बिर्तामोड । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो । झापा जिल्ला डोरी तान संघले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा…