भूकम्प प्रभावित क्षेत्रमा २११ भन्दा धेरै परकम्प

काठमाण्डौ - भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेको छ। अस्ति शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो अवधिमा ४ रेक्टर स्केलमाथिका परकम्प ६ पटकसम्म गएका छन् । अझै परकम्प…