बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि गृह जिल्ला झापा आउने भएका छन् । बडादशैं, शुभदिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमा सहभागी हुन झापा आउने भएका हुन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार हरेक वर्ष झैं यो वर्ष पनि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो…