वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले बिहीबार घोषणा गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको एक सूचनामा भन्नुभएको छ, “गैरकानुनी प्रवेश रोक्नका लागि अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण गर्न तत्काल…