आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति

धनकुटा । गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन…