अम्बिका भण्डारी झापा । जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र स्थानीय जङ्गलमा बस्ने दर्जनौ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबारको उपाय प्रयोगमा ल्याइएको हो । एक दशकअघि…