शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बाल निकुञ्ज मा.वि. प्रथम भएको छ । बिहीवार भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बाल निकुञ्ज मावि प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो…