काठमाडौं । हरेक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समानताक लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने…