बिर्तामोड । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाही गरेको छ । केन्द्रीय सदस्य प्रसाईलाई पार्टीबाट हटाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीको सिफारिस बमोजिम कारबाही गरिएको हो । प्रसाईले झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेपछि उनलाई कारबाहीका लागि पार्टीभित्र आवाज उठेको थियो ।…