बिर्तामोड । बिर्तामोड नगर प्रहरीले जथाभावी रुपमा फोहोर फाल्दै गरेको अवस्थामा मोटर साईकल,स्कुटर र साईकल नियन्त्रणमा लिएको छ । बिर्तामोडको नयाँ बसपार्क पस्ने सडक नजिकै चिया बगान क्षेत्रमा सोमबार राती फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए ।प्रहरीले प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे…