बिर्तामोड । किसान सुचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपंछी तथा मत्स्य विकास शाखाले मंगलबार देखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबार देखि कृषकको घरघरमा गएर तथ्याङ्क संकलन गर्ने नगगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए…