झापा - जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच-छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताउनुभयो । “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब…