एक रुपैयाँका नयाँ सिक्का आजदेखि चलनचल्तीमा

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदै छ । एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् । यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा…