अर्जुनधाराका ९ वर्षीय बसन्त : खोरमा बित्दैछ बालापन

अर्जुनधारा । झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाल खोरमा आफ्नो बालापन बिताइरहेका छन् । ७ महिनादेखि उनलाई परिवारले खोरमा राख्दै आएको छ । जन्मजात अस्वभाविक व्यवहार भएका बसन्त उमेर बढ्दै गएपछि खोरमा बस्न बाध्य छन् । परिवारले उनलाई खोरमा राखेर कामधन्दा गर्नु परेको छ । उनका बुबा गुप्त बहादुर दाहालका अनुसार बाहिर राख्नै…