काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ । आज (१३ पुष) बिहानको ५ बजेबाट भोली (१४ पुष) बेलुका ५ बजेसम्मका लागि दुई दिन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ…