काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ । मन्त्रीमा नियुक्त भएको चौथो दिनमा आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारसँगको छलफलमा उहाँले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना…