काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । ढकालले अनलाइनखबरसँग…