७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

बिर्तामाड । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन्…